मगर संघ अमेरिकाको वीसौं वार्षिकोत्सव सम्पन्न , कलाकार र स्वंयम सेवकहरूलाई पुरस्कार र सम्मान !

न्यूयोर्क,अगस्ट/८
न्यूयोर्क मगर संघ अमेरिका केन्द्रीय समितीको ९ औं बार्षिक साधारण सभा र विसौं वार्षिकोत्सव तथा ‘शुभकामना सास्कृतिक साझ २०२४’ सफलता पूर्वक सम्पन्न भएको छ ।

सोही अवसरमा न्यूयोर्क च्याप्टर मगर संघ अमेरिकाले उक्त कार्यक्रममा सहभागी भएका कलाकार तथा स्वयम सेवकहरू र पञ्न्चेवाजाका बाद्यवादन समुह लगायत दर्जन बढि ब्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
न्यूयोर्क च्याप्टर मगर संघ अमेरिकाले मंगलवार मगर संघको कार्यालयमा आयोजना गरेको कार्यक्रममा मगर संघ अमेरिका केन्द्रीय समितीका अध्यक्ष याम पुन मगर, पूर्व अध्यक्ष कुलदिप राना मगर र न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले दोसल्ला तथा प्रमाणपत्रद्धारा सम्मान गर्नुभयो  ।

९ औं बार्षिक साधारण सभा र विसौं वार्षिकोत्सव सहित शुभकामना सांस्कृतिक साझ कार्यक्रमलाई सफल बनाउनमा कलाकार तथा स्वयम् सेवकहरू र पञ्न्चेवाजाका बाद्यवादन समुहको पनि मुख्य भुमिका रहेकोले यस्तो कार्यक्रमको आयोजना गरिएको मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले बताउनु भयो ।

यसैगरी आईतवार जुलाई २८ मा आयोजना गरिएको मगर संघ अमेरिकाको वीसौं वार्षिकोत्सवको अवसरमा संघको दुई दशकको गतिविधिको ऐतिहासिक कृति “२० वर्ष विगतलाई हेर्दा” ४६४ पृष्ठको पुस्तकको लोकार्पण गरिएको छ।

प्रमुख अतिथि एवं नेपालको पहिलो संविधानसभा सभासद पूर्णबहादुर राना मगर, मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर र अभिलेखन कृतिका प्रधान सम्पादक प्रदीप थापा मगर, पूर्व अध्यक्षहरू तथा मगर संघ अमेरिकाको पहिलो र दोश्रो पुस्ताका प्रतिनिधि मगरहरूले उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।

मगर संघ अमेरिका आपतकालीन कोषको ५० हजार डलरको लक्ष्य सहित शुरू गरिएको  (MAUSA Emergency Fund) आकस्मिक कोषले पूर्णता पाएको छ ।

मगर संघ अमेरिकाको आफ्नो सदस्यहरूलाई आईपर्ने दुःख सुःखमा तत्काल समस्या समाधानको उदेश्यका साथ खडा गरिएको कोषले केही राहत पुग्ने कुरा मगर संघ अमेरिका केन्द्रीय समितीका अध्यक्ष याम पुन मगरले लाफा खबरलाई बताउनुभयो ।

त्यसैगरी सोही अवसरमा विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीलाई कार्यसम्पादनको मूल्यांकनको आधारमा अमेरिकाको विद्यालय तथा विश्वविद्यालयमा पढेका आठ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

छात्रवृत्ति छनौटमा परेका संजित थापा मगर, समर्पना थापा मगर र कृष्ण राना मगर अलिसा बुढा मगर, युनिका खाम्चा मगर, अनिल थापा मगर, निर्जल थापा मगर र कृतिका थापा मगरले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाएका छन् । यस्तो छात्रवृत्ति पुरस्कार मगर संघ अमेरिकाले प्रत्येक बर्ष उत्कृष्ट विद्यार्थीहरूलाई वितरणमा गर्दै आईरहेको छ ।

Advertisment