मगर संघ अमेरिकाद्वारा ज्योती मगर सहित अन्य कलाकारहरूसँग भेटघाट तथा स्वागत कार्यक्रम !

न्यूयोर्क,अगस्ट/८

केन्द्रीय मगर संघ अमेरिकाले ख्यातीप्राप्त कलाकारहरू ज्योती मगर, शान्ती श्री परियार, रचना रिमाल र करिश्मा ढकाललाई न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा “अब नाच्छ अमेरिका” सांगितिक टुरको लागी कलाकारको टोली अमेरिका आएको हो ।

कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, केन्द्रीय मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना र मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर, लगाएत संस्थाका पदाधिकारीहरूले कार्यक्रममा स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर कलाकारहरूलाई सम्मान गर्नुभएको थियो ।
फ्लाई नेपाको प्रस्तुतीमा अगस्ट देखि सेप्टेम्बर सम्म चल्ने “अब नाच्छ अमेरिका” को निमित्त नेपालबाट अमेरिका सांगीतिक भ्रमणमा पहिलोपटक आएका कलाकारहरूले यहाँ पहिलो पटक प्रस्तुति दिन लागेको कुरा आयोजक सुरेश पुनले बताउनुभयो ।
चर्चित गायक दिलीप कुमार श्रीष मगरको कार्यक्रम संञ्चालन सहित सांगीतिक प्रस्तुति सहितको “अब नाच्छ न्युयोर्क” को लागी आगामी अगस्ट १७ शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा नेपालबाट आएका कलाकारहरूले आफ्नो बेजोड प्रतुती दिदैछन ।

Advertisment