पुजीबादी कम्युनिष्ट कि सत्ता मोह !

यती मात्रै स्पष्ट पार्न खोज्दै छु कि नेपाल कम्युनिष्ट पार्टी माओबादी नियत देश र जनताको हक हित बिरुद्द घातक, देश द्रोही अनि बिषालु छ। न्यायको बाधडोर  समाल्नेहरु आफै अपराधिक शैलीमा जनताको हित बिरुद्द गरेको गतिबिधि लाइ हेर्दै मौन बस्न कसरि सक्छ एउटा युवा सङ्कोचित भएर चुपचाप ? जब समाजिक सन्जाल अनलाईन पत्र-पत्रीकाहरुमा समाचार पढ्छु चुपचाप बस्छु भन्दा भन्दै पनि केहि न केहि कुराले असन्तुलित बनाइ रहेको हुन्छ मस्तिश्क। हो हरेक मान्छेको मन बिरोधाभाष छ र समय अनुकुल परिबर्तनशिल पनि। माओबादिको यो कदम ठीक छ भनेर कतै बाट चित्त बुझाउने ठाउ मात्रै भएको भए सयाद मलाई अक्षर को रुप मार्फत बिरोध गरिरहनु पर्ने थिएन एउटा स्वच्छ नागरिकको हैसियतले।

क्रान्तिको नाममा हत्या,  हिँसा र आतङ्कको पृष्ठभुमी बाट जङगल हुँदै सत्ता सम्म आईपुगेको नेपाल कम्युनिष्ट पार्टी माओबादीको शिर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उनका सहयात्री बाबुराम भट्टराई, मोहन बैद्य ‘किरण’, बिप्लब पछिल्लो समयमा आएर छुट्टिएर फरक फरक पार्टीको नाममा सक्रीए भएको देख्न सकिन्छ। १० औ बर्ष सर्बहारा, गरीब, बिपन्न बर्ग को नाममा नेपाल कम्युनिष्ट पार्टी माओबादिको जनयुद्द सफल भयो भने मुलुक समृद्द बन्छ, जनताहरु सुखी बन्छन, हाम्रो जिबन शैली परिवर्तन हुन्छ भनेर नारा लगाईन्थे , जताततै भाषण पनि हुन्थ्यो। व्यवस्था परिवर्तन को लागी भनेर कती जनता मारिए, कती अपाङ्ग, घाइते छन अहिले आएर जनयुद्दले कुनै सार्थकता पाएको नपाएको बर्तमान स्थितिलाई हेर्दा कतै बाट पनि सन्तुष्टी जनक देखिदैन।

केहि चतुर ब्यक्तीहरुको ब्यक्तिगत स्वार्थको निम्ती सोझा- साझा जनता प्रयोग मात्रै गरेर जबर्जस्ती छातीमा गोली थाप्न बाध्य बनाईएको थियो। देश बनाउने भनेर  राष्ट्रिय स्वाधिनताको रक्षा, जनताको जनतान्त्रीक हक अधिकारको स्थापना, जन जिबिकाको समस्याको समाधान  गर्छौ भन्दै सँगै हिडेका एउटै थालमा खाएका कम्रेडहरु खण्डित भएका छन भनेर मैले आजको मिती सम्म पनि पत्याउन सकेको छैन। यो मेरो ब्यक्तिगत धारणा हो। साधारणतया क्रान्तिकारी  जनयुद्धको नाममा माओबादी भन्ने बितिकै सत्र हजार (१७०००) जना भन्दा बढीको हत्या र कालो ईतिहास सँग जोडिएको छ । परिवर्तन भयो त केबल शिर्ष नेताहरुको जिबनस्तर मात्रै ।

२०८१ साल सम्म आइपुग्दा  ‘प्रचण्ड’ ३ पटक देशको प्रधानमन्त्री भैइसकेका छन। प्रचण्ड सत्तामा रहेर सरकार चलाईरहदा उनकै सहयात्री  बिप्लब त्यही सरकारको बिरोध गरेको शैलिमा जङगल बाट युद्दघोष गरिरहेका  छन । प्रचण्ड आफुले पनि बिभिन्न आम सभामा  माओबादी सकिएको छैन देश लाई क्रान्ती आवस्यक परे फेरी जङगल जान तयार भएको बताउदै आएको कुरा हामी सबै लाई अवगत नै छ। यसको मतलब म यो बुझ्छु कि प्रचण्डले बिप्लबलाई आफ्नै निर्देशनमा जङगलमा तैनाथ राखेका हुन। सम्भाबित दुर्घटना बाट जोगिनको लागी  बिकल्पको रुपमा यदी यसो होइन भने प्रचण्ड सरकारमा हुँदा त्यही सरकारको बिरोध गर्ने बिप्लब लगायत उनको समुहलाई नियन्त्रणमा लिनु प्रचण्डको लागी कुनै मुस्किलको कुरा होइन। यता बाबुराम भटराई आफुलाई कुसल राजनेता साबित गर्न नया शक्तिको रुपमा “ जनता समाज बादी पार्टिको” राजनिती गर्दै बिगतमा लागेको कालो दाग लाई मेटाउने कोसिसमा लागिरहेका छन।

यसै गरी नेपाल क्रान्तिकारी माओबादिको महासचिब मोहन बैद्य ‘ किरण ‘ फेरी सामाजिक रुपान्तरणका निम्ती एउटा अभियानको अथवा आन्दोलनको आवस्यकता भएको बताउदै आएका छन। ब्यबस्था परिवर्तनको लागी कांग्रेसको भूमिका जती उदारणीय छ त्यती कम्युनिष्टहरु बाट कहिल्यै आशा गर्न सकिदैन। न त कम्युनिष्टहरुले रोजेको बाटो सही छ न त उनिहरुको गतिबिधी। हो परिवर्तन को लागी क्रान्ती आवस्यक हुन्छ तर क्रान्तीको नाममा कसैले कसैको हत्या गरिनु गलत हो।

बिगतमा भएका केहि घटनालाई मात्रै हेर्दा पनि मदन भन्डारी हत्या काण्ड, दरबार हत्या काण्डको रहस्य आज सम्म पनि पत्ता लगाउन नसक्नु या त्यसको छनबिन को लागी कमरेडहरु अग्रसर नहुनुमा कतै त्यो रहस्य आफै कमरेडहरु त होईनन भनेर म जस्ता साधारण जनताले प्रश्न उठाउनु स्वभाबिक हो। यदी ति हत्या काण्डहरुमा कम्युनिष्टहरु आफै सङ्लग्न छैनन भने यो बिषयमा आवाज उठाउनु पर्थ्यो, यहा कम्युनिष्टहरुको नियत खराब छ भनेर स्पष्ट रूपमा बुझ्न सकिन्छ ।

यि सबै गतिबिधिलाई म एउटा साधारण नागरिकको नजरले हेर्दा जता ततै षड्यन्त्र मात्रै देख्छु। १०औं बर्ष आफ्नै नेपाली दाजु भाई लाई दुस्मन भन्दै छातिमा टेकेर गला काट्ने माओबादीहरु हिजो आज आफ्नै आमाको छातिमा टेकेर घाँटी थिचिरहेका छन। अमानविय गतिबिधीको  कालो इतिहास बोकेको माओबादीहरु  पछिल्लो समय सम्म आईपुग्दा माओबादी पार्टी नै खारेज गरी  अर्को नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ सँग जोडेर “संयुक्त नेपाल कम्युनिष्ट पार्टी “ को  नाममा अगाडी देखिए पनि पर्दा पछाडिको रहस्य  फरक छ ।

यसरी एक अर्कालाई दोष लगाउदै माओबादीहरु एकातिर फुटेको जस्तो गर्नु र अर्को तिर जुटे जस्तो गर्नु  जनताको आँखामा भ्रमको भुस हालिदिएर  सत्य बाट भाग्ने कोसिस मात्रै हो।जनयुद्दको नाममा १७०००+ को हत्या को मुल्य कालान्तरमा गएर जनताले पक्कै पनि माग्छन भन्ने सोचले अहिले देखी नै सम्भावित खतराबाट जोगीन गरेको एउटा नाटक मात्रै हो। हुँदा हुँदा अहिले यतिबेला आफैले स्थापन गरेको सरकारको बिरोध गर्दै माइतिघरमा  चूनाव चिन्ह “सुर्य” छातिमा टाँसेर सडकमा आएर आफ्नो शक्ती प्रर्दशन गर्नुलाइ हामिले यो बुझ्न जरुरी छ कि प्रचण्डले आफ्नो चुनाव चिन्ह “हसिया हतौडा” त्याग्नु को रहस्य के हो ?  भबिश्य साँची हुनेछ माओबादीहरु टुक्रीएका छैनन  सत्य बाट भाग्न खोजिरहेका छन सत्ता र शक्ती बाट होइन। र यि पुजीबादी कम्युनिस्टहरुको अन्तिम उद्धेश्य सडक संसद या जंगलबाट सत्ताकब्जा मात्रै हो ।

Advertisment