सुदूरपश्चिम समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा गौरा पर्व सम्पन्न !

न्यूयोर्क, अगष्ट २६
न्यूयोर्कमा सुदूरपश्चिम समाज अमेरिकाको आयोजनामा गरिएको गौरा पर्व सम्पन्न भएको छ। सो अवसरमा न्यूयोर्कमा बस्ने सुदूरपश्चिमेलीले आईतवार धुमधामका साथ गौरा पर्व मनाएका छन्।
प्रमुख अतिथि सुदुर पश्चिम बुद्धिजीवी संघका अध्यक्ष तथा सुदुर पश्चिम प्रदेशका भुतपूर्व गृहमन्त्री डा.रण बहादुर रावलले गौरा पर्वको उद्घाटन गरेका थिए। रावलले कार्यक्रममा बोल्दै “भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो, प्रवासमा रहेर गौरा पर्वको परम्परा, संस्कृती संरक्षणका लागि अमेरिका सुदुरपश्चिम समाजले गरेको योगदानको कदर गर्दै सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।
त्यसका साथै सुदूरपश्चिम समाज अमेरिकाका अध्यक्ष तथा सभापति दानसिङ विष्ट र उपाध्यक्ष रैभान महराले आ-आफ्नो मन्तव्य ब्यक्त गर्दै गौरा पर्वको सबैलाई शुभकामना दिनुभएको थियो ।


सुदूरपश्चिम समाज अमेरिकाका महासचिव हरि जोशीले कार्यक्रम  सञ्चालन गर्नुभएको र सचिव गणेश विष्टले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा  समाजसेवी, पत्रकारहरू र समाजिक अभियन्ताका लागि काम गर्ने व्यक्तिहरु लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।
अमेरिकाको न्यूयोर्कमा बस्ने सुदूरपश्चिमेलीहरुले ज्याक्सन हाईटको सत्यनारायण मन्दिरमा गौरा सम्बन्धी विभिन्न देउडा गीतमा, चैत, धुमारी, स्थानीय सहितका खेल खेलेर यो पर्व मनाएका थिए । सुदूरपश्चिममा गौरा पर्वलाई आफन्तसँग भेटघाट गर्ने समय सहित एकताको पर्वका रुपमा पनि लिइन्छ।

Advertisment