मृतक अष्टमीका आफन्तलाई सहयोग रकम हस्तान्तरण

पोखरा १९, बैसाख ।दुवईको आवुधाविमा आँफनै कम्पनीका सुपरभाईजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेकी गोरखा आरुघाटकी अष्टमी गुरुङको परिवारलाई यू के बाट शंकलन गरि पठाईएको सहयोग रकम हस्तान्तरण गरिएको छ । पोखरामा आज आयोजित कार्यक्रममा ईन्जिनियर रोशन गुरुङले मृतककी आमा सोवर्ना गुरुङ र दिदी सुनमायाँ गुरुङलाई भेटेर रु ५६ हजार हस्तान्तरण गर्नुभएको हो । पत्रकार जीवन सुवेदी, राकेश गुरुङ लगायतको रोहबरमा उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको हो । रकम प्राप्त गरेपछि मृतक अष्टमी गुरुङकी आमाले सहयोगप्रति धन्यबाद व्यक्त गर्दै आँफूले न्याय पाउनुपर्ने बताउनुभयो ।

पीडितको आँशु देखेपछि केहि भएपनि सहयोग गर्ने भावनाका साथ यूके बाट आप्mनी दिदी विजमायाँ गुरुङले नेपाली साथीहरुबाट शंकलन गरेको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको ईन्जिनियर रोशन गुरुङले जानकारी दिनुभयो । अष्टमीले दुवईा गत नोभेम्बर ४ आत्महत्या गरेको भनेर नेपाल ल्याईएको भएपनि उनको मोवाईलमा रहेको भिडियो म्यासेजमा आँफूलाई सुपरभाईजरले बलात्कार गरेपछि सहन नसकेर आत्महत्या गरेको खुलेको थियो ।
कृपया फोटो छ ।

Advertisment