करेन्ट लागेर घाइते भएका ६ जनालाई बाजुङ समाज हङकङको ३० हजार सहयोग

पोखरा, १३ भदौ
गत साउन ८ गते पर्वतको मोदी गाउ“पालिका–५, बाजुङ, खोलाखेतमा करेन्ट लागी घाइते भएका ६ जनालाई बाजुङ समाज, हङकङले आर्थिक सहयोग गरेको छ ।
विद्युत ट्रान्समिटर अचानक पड्किन गइ वरपरका घरहरूमा समेत क्षति पु¥याएको थियो भने ६ जनालाई करेन्ट समेत लागेको थियो । करेन्ट लागेर घाइते भएकालाई सुरुमा पर्वत जिल्ला अस्पताल र त्यसपछि मणिपाल शिक्षण अस्पताल, पोखरा उपचारका लागि ल्याइएको थियो ।
हाल उपचारपछि कोही फर्किसकेका छन् भने कोही हरियोखर्क अस्पताल, पोखरामा उपचाररत रहेका छन् । एक जना गम्भीर घाइते पुतली परियारलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते हुनेहरूमा पुतली परियार, ममता परियार, रुपा परियार, विमल परियार, मनिषा परियार र यामबहादुर परियार रहनुभएको छ ।
बाजुङ समाज, हङकङका अध्यक्ष एवं मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’को पहलमा हङकङमा संकलित सहयोग रकम ३० हजार रुपैयाँ समाजसेवी जयबहादुर सुवेदी ‘जयलाल’ र नेपाल विद्युत प्राधिकरणका कर्मचारी जीवन मल्लले घाइतेहरूलाई हस्तान्तरण गर्नुभएको थियो । जसमा पुतली परियारलाई १० हजार रुपैयाँ र अरु पाँच जनालाई जनही ४ हजारका दरले राहत रकम वितरण गरिएको थियो ।
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को पहलमा बाजुङ समाज, हङकङका तर्फबाट हाल हङकङमा कार्यरत सहयोगीहरूमा गंगाकुमारी गुरुङ, दुर्गा गुरुङ ‘मिलन’, धनकुमारी गुरुङ, कृष्णमाया गुरुङ, दीपा गुरुङ, देउमाया गुरुङ, बेलकुमारी गुरुङ, घमराम थापा, विक्रम गुरुङ, लक्ष्मी गुरुङ, डिम्पल गुरुङ, विजया गुरुङ, साजन गुरुङ, सुष्मा गुरुङ, प्रसन गुरुङ, गोपाल गुरुङ, अरुण मल्ल र पद्माकुमारी मल्ल रहनुभएको छ ।

Advertisment