दमौली, १६ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, तनहुँको प्रथम साधारणसभा तथा भेलाबाट अध्यक्षमा दिनेश खनाल चयन हुनुभएको छ ।
शनिबार सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा हर्कबहादुर थापा, सचिवमा जीवन खत्री, सह–सचिवमा विशाल श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र सिंह ठकुरी चयन हुनुभएको हो । त्यसैगरी, सदस्यहरूमा गिरबहादुर नेपाली, संगीता थापा, सागर श्रेष्ठ, रोविन श्रेष्ठ, हर्सन कायस्थ, राम श्रेष्ठ, किसन श्रेष्ठ, संगीता अधिकारी, नवराज श्रेष्ठ र सन्दीप मगर रहनुभएको छ ।
साधारणसभामा बोल्दै नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज दिलु गुरुङले नेपालमै भित्रिएको नयाँ खेलको विकासका लागि तनहुँ जिल्ला नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, संघका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङले संघको स्थापना, गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति, तनहुँका अध्यक्ष ऋषि भुसालले तनहुँ जिल्लामा नयाँ खेल भित्रिएकोमा खुशी व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासका लागि संघले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष मणिराज थापाले नयाँ खेलले युवाहरूलाई एकताबद्ध बनाउँदै सिर्जनात्मक कार्यमा प्रेरित गर्ने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल भलिबल संघ, तनहुँका अध्यक्ष पदम सुनार, नेपाल क्रिकेट संघ, तनहुँका अध्यक्ष ताराराम श्रेष्ठ, नेपाल कबड्डी संघ, तनहुँका अध्यक्ष कविराज श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका गण्डकी प्रदेश सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिति, तनहुँका सचिव शिवहरि पण्डितले गर्नुभएको थियो ।
केन्पो खुकुरी मार्शल आर्ट संघ तनहुँ अध्यक्षमा खनाल
१६ भाद्र २०७५, शनिबार
2630
![](http://laphakhabar.com/wp-content/uploads/2018/09/Kenpo-Khukuri-Tanahun-photo.jpg)
Advertisment