पोखरा, २४ असोज
पोखरा महानगरपालिका–५, प्रस्याङमा केसर मेडिस्पाको शुभारम्भ गरिएको छ । बुधबार (आज) आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद् विन्दुकुमार थापा र मिस नेपाल–२०१७ निकिता चण्डालले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।
घरमै चिकित्सकीय सेवा दिने र कपाल उमार्ने उपचारका लागि पोखरामै पहिलोपटक दाबी गरिएको केसर मेडिस्पा डा. सुरेन्द्र सापकोटाले सञ्चालनमा ल्याउनुभएको हो ।
सो मेडिस्पाको शुभारम्भ गर्दै सांसद् थापाले युवाहरूको विदेश पलायन रोक्न यस सेवामूलक व्यवसायले प्रेरणा दिने उल्लेख गर्नुभयो । घरमै गएर चिकित्सकीय सेवा दिने उद्देश्यले सुरु गरिएको मेडिस्पाबाट धेरै बिरामी लाभान्वित हुने आशा व्यक्त गर्दै सांसद् थापाले टाउकोमा कपाल नभएकाहरूका लागि समेत मेडिस्पा एउटा महत्वपूर्ण आकर्षण बन्न सक्ने बताउनुभयो ।
कार्यक्रममा मिस नेपाल निकिता चण्डाल, पीएमसीसी लायन प्रेमबहादुर श्रेष्ठ, फिष्टेल अस्पतालका डा. गोपीलाल श्रेष्ठ, डिष्ट्रिक्ट ३२५ “बी” १ लायन ध्रुव श्रेष्ठ, पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत अनन्तप्रसाद कोइराला, हेल्थ एट होम, काठमाडौंका चिकित्सक डा. विशाल ढकाललगायतले मेडिकल व्यवसाय सामाजिक व्यवसाय भएको भन्दै बिरामीलाई सेवा दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
केसर मेडिस्पाका प्रबन्ध निर्देशक डा. सुरेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कञ्चन थापा र मेडिस्पाका प्रबन्ध निर्देशक राजेन्द्र सापकोटाले स्वागत गर्नुभएको थियो ।
पोखराको प्रस्याङमा केसर मेडिस्पाको शुभारम्भ
२४ आश्विन २०७५, बुधबार
1542
![](http://laphakhabar.com/wp-content/uploads/2018/10/vlcsnap-2018-10-10-18h51m07s271.png)
Advertisment