पोखरा, २६ असोज
फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई पितृशोक परेको छ । अधिकारीका बुबा टेकबहादुर अधिकारीको बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय अधिकारी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
स्वर्गीय अधिकारीको बिहीबारै मोरङमा दाहसंस्कार गरिएको छ । स्वर्गीय अधिकारीका स्टेशन म्यानेजर हेमराज अधिकारीसहित ३ छोरा र ५ छोरी हुनुहुन्छ ।
यसैबीच, प्रेस सेन्टर नेपाल, कास्कीले स्वर्गीय अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रेस सेन्टर नेपाल, कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस सेन्टरका सदस्य तथा जुझारु युवा पत्रकार हेमराज अधिकारीका बुबाको निधनमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै अधिकारी परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरिएको छ ।
फेवा टेलिभिजनका स्टेशन म्यानेजर अधिकारीलाई पितृशोक
२६ आश्विन २०७५, शुक्रबार
1176
![](http://laphakhabar.com/wp-content/uploads/2018/10/43719924_2271421366220967_3203191535684288512_n-1.jpg)
Advertisment