गलकोट घुम्टे विकास मञ्च, काठमाडौंको अध्यक्षमा ढकाल

काठमाडौं, १८ मंसिर
गलकोट घुम्टे विकास मञ्चको वार्षिक साधारण सभा तथा घुम्टे अंक ५ विमोचन कार्यक्रम २०७५ मंसिर १ गते शनिबारका दिन, शखमुल काठमाण्डौ स्थित नेरिक एकेडेमीमा सम्पन्न भएको छ । सोही अवसरमा साहित्यकार मन खत्री “सागर”को दोस्रो कृति “अस्मी” उपन्यास पनि विमोचन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि डा. चित्रलाल भट्टचनद्वारा गलकोटबाट काठमाडौमा आई बसोबास गर्ने जेष्ठ नागरिक ९७ वर्षीय बलबहादुर बस्नेत र ९५ वर्षीय श्रीमती देउ कुमारी भण्डारी र लामो गलकोटमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनु भएका डा. डम्मर बहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


मञ्चका अध्यक्ष मेघबहादुर खत्रीको अध्यक्षता र महासचिव थमन भण्डारीको प्रस्तुतीमा सञ्चालित वार्षिक साधारण सभा तथा विमोचन कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका अतिथि गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले विभिन्न देश लगायत नेपालका विभिन्न जिल्लामा गलकोटेहरु संगठित भई ’गलकोट समाज’ को नामबाट क्रियाशील रहेको हुँदा गलकोट घुम्टे विकास मञ्चको नाम संशोधन गरी गल्कोट समाज काठमाडांै राख्दा संसारभरका गलकोटसँग सम्बन्धित संघ संस्थाहरुको नाममा एकरुपता आई सहकार्य गर्न सजिलो हुने बताउनुभएको थियो । त्यस्तै, कार्यक्रममा मञ्चका सदस्य खड्गबहादुर बस्नेत‚ डा. मणि गौतमले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । संस्थापक अध्यक्ष बि.के. मान सिंहले मञ्चले गरेका क्रियाकलापहरुको प्रशंसा गर्दै समग्र गल्कोटको विकासमा गलकोट घुम्टे विकास मञ्चले अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने औल्याउनु भयो ।
मञ्चका अध्यक्ष मेघ के.सी.ले हालसम्म गल्कोटको बिकासमा मञ्चले गरेका गतिविधीहरुको जानकारी गराउनुभएको थियो । साधारण सभाले प्रशान्त ढकालको अध्यक्षतामा आगामी ३ वर्षको कार्यकालको लागि ७ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष मनबहादुर खत्री, महासचिव थमनबहादुर भण्डारी, सचिव मिलन कँडेल, कोषाध्यक्ष देवेन्द्र सुवेदी, सदस्य भीमकुमारी शर्मा, सदस्य ईल्सन थापा रहनुभएको छ । नवनिर्वाचित कार्य समितिले थप ४ जना सदस्यहरु चयन गरी ११ सदस्यीय कार्य समितिले पूर्णता पाउने छ ।

Advertisment