बाल संसार मन्टेश्वरी एकेडेमीको वार्षिक कार्यक्रम

पोखरा, २३ चैत्र

पोखरा–१०, उत्तमचोक, कामनाटोलस्थित बाल संसार मन्टेश्वरी एकेडेमी एण्ड युसिमासको वार्षिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सो मन्टेश्वरीका प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजीका बालबालिकाहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरे ।
बालबालिकाहरूले नृत्य, ¥याम वाक, ¥याम्स समेत प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट बालबालिकाहरूलाई ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । अभिभावकका तर्फबाट जमुना गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा अभिभावकका तर्फबाट यामबहादुर गुरुङले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका सचिव रूद्रबहादुर श्रीस, हिलसाइड इङ्लिश स्कुल प्रालिका स्कुल इञ्चार्ज विष्णु हमाल, एकेडेमीका संस्थापकहरूको सहभागिता थियो । मन्टेश्वरीका संस्थापक विशाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थापक शर्मिला थापा र संस्थापक÷प्रिन्सिपल कञ्चन गुरुङले स्वागत गर्नुभएको थियो । प्रिन्सिपल गुरुङले बालबालिकाहरूको मनोविज्ञानमा आधारित बालशिक्षालाई मन्टेश्वरीले विशेष ध्यान दिएको बताउनुभयो ।

Advertisment