अमेरिका मगर संघ डि.एम.भि. च्याप्टरकाे दाेस्राे अधिवेशन सम्पन्न !

वीर घर्ती मगर
मेरिल्याण्ड, सेप्टेम्बर २०, २०२१
मगर संघ अमेरिका, डि. एम. भि.च्याप्टरको दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । वासिङ्गटन डिसी, मेरिल्याण्ड र भर्जिनियामा बसोबास गर्ने मगरहरूबाट भएको अधिवेशनले ललित तिलिजा मगरकाे अध्यक्षतामा मगर संघ अमेरिका, डि. एम. भि. च्याप्टरको पदमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय मगर संघ, अमेरिकाका अध्यक्ष कुलदीप रानामगर ज्यूले मगरहरु संगठित भएर बौद्धिक छलफलमा जोड दिनुपर्ने बताउदै बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य समेत दिनुभयाे । त्यसैगरी, संघको उपाध्यक्षमा शेर बहादुर थापा मगर, सचिबमा प्रविण पुन मगर, सह-सचिवमा रूपा थापा मगर, कोषाध्यक्षमा अमृत राना मगर र सह–कोषाध्यक्षमा कल्पना सारू मगर चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा कुश्मा डी सूर्यवंशी मगर, भिम शेरपुर्जा पुन मगर, चरिस्मा आले मगर, दिपक थापा मगर, चेत राना मगर, सन्दिप शेरपुर्जा पुन मगर, जनक पुन मगर, नन्दलाल दर्लामी(नन्दु) मगर र
सांस्कृतिक संयोजकमा खिम बहादुर मसराङ्गी मगर रहनुभएको छ ।

Advertisment