लाङ्घाली कल्याण समाज, हङकङको अध्यक्षमा निलम थापा

जोर्डन, १६ नोभेम्बर
लाङ्घाली कल्याण समाज, हङकङको छैठौं अधिवेशनबाट अध्यक्षमा निलम थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मगर संघ, हङकङको भ्रातृसंस्थाको रुपमा रहेको समाजको उपाध्यक्षमा पुष्प सूर्यवंशीमगर, महासचिवमा शिशिर पूर्वछानेमगर, सचिवमा प्रवीण मगर, कोषाध्यक्षमा मोतीराम पूर्वछानेमगर र सह–कोषाध्यक्षमा केशर लुंगेलीमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा नरेश थापामगर, जंगवीर मिरिङचिङमगर, तुलसा रानामगर, दयाकुमारी थापामगर, जमुना मगर, प्रकाश खपाङ्गीमगर, सन्त आलेमगर, कृतिका पूर्वछानेमगर, जेनिशा रानामगर, खगेन्द्र आलेमगर, रूद्र आलेमगर, धर्मराज गुर्मछानमगर र गोपाल रानामगर रहनुभएको छ । प्रमुख निर्वाचन आयुक्त पदम रानामगर नेतृत्वको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

Advertisment