मगर संघ, हङकङको नयाँ समितिले पूर्णता पायो

जोर्डन, १६ नोभेम्बर
नेपाल मगर संघको वैदेशिक शाखाका रुपमा क्रियाशील मगर संघ, हङकङले विधान बमोजिम सम्पन्न गरेको १० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।
हर्कप्रसाद रानामगर (पाँचथर)को अध्यक्षतामा निर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा याम बुढाथोकीमगर (बागलुङ), कुमारी थापामगर (गुल्मी), महासचिवमा रवीन्द्र थापामगर (स्याङ्जा), सचिवमा झलक थापामगर (पाल्पा), कोषाध्यक्षमा मतिश्री पुनमगर (पर्वत) र सह–कोषाध्यक्षमा विष्णु काउछामगर (गुल्मी) रहनुभएको छ ।
त्यसैगरी, सदस्य एवं प्रवक्तामा पुष्कर लुंगेलीमगर (नवलपुर), अन्य सदस्यहरूमा जगत थापामगर (तनहुँ), कुमार रानामगर (स्याङ्जा), गणेश पूर्वछानेमगर (मोरङ), काशी पुनमगर (चितवन), जुद्ध सिथुङमगर (झापा), शिर थापामगर (स्याङ्जा), नीता थापामगर (बागलुङ), मीरा रानामगर (रुपन्देही) र देवी पुर्जामगर (म्याग्दी) रहनुभएको छ ।

Advertisment