गण्डकी प्रदेशका सातै जिल्लामा फोनिजको नेतृत्व निर्विरोध, कास्कीमा दिलप्रसाद गुरुङ

हुम तमु
पोखरा, २५ मंसिर
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को मंसिर २५ गते देशैभरका शाखाहरुमा शनिवार अधिवशेन सम्पन्न गर्न कार्यक्रम अनुसार गण्डकीका ७ वटै शाखा अधिवेशन सम्पन्न भएका छन्।
जिल्ला शाखाहरुको अधिवेशनले कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ, स्याङजामा तिलक गुरुङ, बाग्लुङमा प्रकाश छन्त्याल, म्याग्दीमा साधन राम्जाली, तनहुँमा किरण श्रेष्ठ, लमजुङमा आसबहादुर गुरुङ र नवलपुरमा चन्दा गुरुङ निर्विरोध चयन हुनुभएको प्रदेश अध्यक्ष एमबी आस्थाले जानकारी दिनुभयो।
फोनिज कास्कीको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा सुशिल श्रेष्ठ, सहसचिवमा सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ र सदस्यहरुमा गिता रानामगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानन्धर, रोजी बुढा मगर, योगन्द्र श्रेष्ठ र बसबहादुर शेर्पा निर्विरोध चयन हुनुभएको हो।
यसरी नै फोनिज स्याङजाको उपाध्यक्षमा संगिता मगर, सचिवमा धनु गुरुङ, सहसचिवमा अस्मिता राना मगर, कोषाध्यक्षमा अनिसा रानामगर र सदस्यहरुमा जमुना गुरुङ, याम सोमै, ओमप्रसाद गुरुङ, रिमा गुरुङ चयन हुनुभएको प्रदेश प्रतिनीधि सुशान्त(अर्जुन) गाहाले जानकारी दिनुभयो।
बाग्लुङ फोनिजको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्मर बुढामगर, सहसचिवमा छलिता बुढा मगर, कोषाध्यक्षमा तिलक घर्ती मगर र सदस्यहरुमा सर्मिला रोका मगर, लक्ष्मी अर्गेजा मगर, देउमाया राना कुमाल, सुरेश छन्त्याल चयन हुनुभएको प्रदेश महासचिव रुद्रबहादुर श्रीसले बताउनुभयो।
यस्तै गरी म्याग्दी जिल्ला शाखाको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, सहसचिवमा मनु थापामगर, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सदस्यहरु सुदर्शनकुमार श्रेष्ठ, दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन निर्वाचित हुनुभएको प्रदेश प्रतिनीधि गणेश गुरुङले जानकारी दिनुभयो।
तनहुँ जिल्ला शाखाको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिव ममता गुरुङ, सहसचिव सुबिना थापा मगर, कोषाध्यक्षमा संजय श्रेष्ठ र सदस्यहरुमा मिलन तामाङ, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापामगर र करिश्मा गुरुङ चयन हुनुभएको केन्द्रिय सदस्य मिला दरैले जानकारी दिनुभयो।
यस्तै गरी लमजुङ जिल्ला शाखाको उपाध्यक्षमा जनक श्रेष्ठ, सचिवमा रबिना गुरुङ, सहसचिवमा सुमित्रा भुजेल, कोषाध्यक्षमा देवेन्द्र गुरुङ (सुरज),सदस्यहरुमा अंगु गुरुङ(प्रिती), एलिसा श्रेष्ठ, प्रेममाया गुरुङ, खुशीमाया गुरुङ, खुशी गुरुङ र सुनिता भुजेल चयन हुनुभएको प्रदेश प्रतिनीधि प्रदेश अनुशासन विभाग प्रमुख मनलाल(मनि) गुरुङले जानकारी दिनुभयो।
नवलपुरको उपाध्यक्ष्यमा राजन थकाली,सचिवमा टोल वहादुर राना मगर, कोषाध्यक्षमा यामु कुमाल र सहसचिवमा कृष्ण माया थापा र सदस्यहरुमा खेम नारायण महतो, शिला गुरुङ, तेजेन्द्र राना, पुजा गुरुङ, टेक वहादुर रजाली, भिम वहादुर राना, याम वहादुर सोमै र चन्द्रा कुमारी महतो सर्वसम्मत चयन हुनुभएको प्रदेश उपाध्यक्ष कमला रानामगरले जानकारी दिनुभयो।

Advertisment