मगर महिला संघको सातौं महाधिवेशन पोखरामा हुने

पोखरा, १९ जेठ
नेपाल मगर महिला संघको सातौं राष्ट्रिय महाधिवेशन यही जेठ २२ गतेदेखि २४ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।
“जनसंख्याको आधारमा पूर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि हाम्रो आन्दोलन, सशक्तिकरण र पहिचानको संरक्षण, संवद्र्धनको पक्षमा सातौं राष्ट्रिय महाधिवेशन” भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनमा देशभरका प्रतिनिधि र पर्यवेक्षकहरू सहभागी हुने संघकी अध्यक्ष विनिता आलेमगरले जानकारी दिनुभयो ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशन पोखरामा हुने भएसँगै मगर महिला संघले पोखरामा गतिविधि तीव्र पारेको छ । संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले स्थानीय रुपमा व्यवस्थापनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । पोखरा सभागृहमा हुने उद्घादनसत्रअघि मगर जातिको सांस्कृतिक झाँकीसहितको ¥याली समेत गरिने अध्यक्ष आलेमगरले जानकारी दिनुभयो ।

Advertisment