मगर समुदायका विशिष्ट व्यक्तिलाई मगर संघको सम्मान

काठमाडौं, ११ साउन ।
नेपाल सरकार र कानुन व्यवसायको विशिष्ट ओहोदामा पुग्न सफल भएका मगर समुदायका व्यक्तित्वहरुलाई नेपाल मगर संघले मूल घर कलंकी काठमाडौमा सम्मान गरेको छ ।
नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर महिला संघ केन्द्रीय समिति, नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति, नेपाल मगर सम्पर्क समन्वयन समिति केन्द्रीय समिति, नेपाल मगर खेलकुद संघ केन्द्रीय समिति, प्रकृति पूजक मगर समाज केन्द्रीय समिति, मगर कानून व्यवसायी मञ्च, केन्द्रीय समितिले संयुक्त रुपमा एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले नेपाल सरकारको विभिन्न निकाय र कानून व्यवसायको विशिष्ट ओहोदामा पुगेका व्यक्तित्वहरुलाई प्रमाणपत्र सहित खादा लगाएर बधाई दिँदै सम्मान गर्नुभएको हो ।
२०७९ सालमा बढुवा भई वरिष्ठ अधिवक्ताको उपाधिबाट सम्मानित भएका अधिवक्ताद्वय गौबहादुर आलेमगर र सुरेन्द्र थापामगर, सदस्य सचिवमा कार्यरत महेन्द्र थापामगर (तारागाउँ विकास समिति), प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका ओम रानामगर, प्रहरी वरिष्ठ उपरीक्षकमा (प्राविधिक) तर्फका सरोज रानामगर, प्रमुख सेनानी (प्राविधिक)मा तारा थापामगर, उपसचिव जनक थापामगर र प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरलाई संघले सम्मान गरेको संघका महासचिव टेक नाम्जालीमगरले जानकारी दिनुभयो ।

Advertisment