नेपाल मगर पत्रकार संघ, कास्की शाखाको अध्यक्षमा विनु मसराङ्गी

पोखरा, १५ साउन
नेपाल मगर पत्रकार संघ, कास्की शाखाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा विनु मसराङ्गीमगर सर्वसम्मत चयन हुनुभएको छ । मसराङ्गीमगर यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यसैगरी, आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुरज थापामगर, सचिवमा प्रवीण मगर, सह–सचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा आशामाया मगर सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा जुना थापामगर, सुजन थापामगर, सिजन थापामगरलगायत रहनुभएको छ ।
संघका केन्द्रीय सचिव समेत रहनुभएका अधिवक्ता मनोज घर्तीमगर संयोजक रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । निर्वाचन मण्डलका अन्य दुई सदस्यहरूमा नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तारामाया थापामगर र कास्कीका जिल्ला सचिवालय सदस्य ओम थापामगर रहनुभएको थियो । संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको बन्दसत्रले निवर्तमान सचिव उमा आलेमगरद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बन्दसत्रको सञ्चालन केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो ।

Advertisment