समाजसेवी एवं व्यवसायी टंक रानालाई ‘नेशनल इन्टरटेनमेन्ट समाजसेवा सम्मान’

काठमाडौं, ३१ साउन
हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष एवं व्यवसायी तथा समाजसेवी टंक राना ‘नेशनल इन्टरनमेन्ट समाजसेवा सम्मान’बाट सम्मानित हुनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एनईएद्वारा समाजसेवी राना सम्मानित हुनुभएको हो । रानालाई सम्मानपत्रसहित पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्नुभएको हो ।
समाजसेवी रानाले हालै कोरोना महामारीको समयमा नेपालका विभिन्न जिल्लामा २ सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण गर्नुभएको छ । त्यसैगरी, धरानको घण्टाघर निर्माणमा समेत अग्रणी भूमिका निर्वाह गर्नुभएको उहाँले धरानको आधुनिक प्रहरी हिरासत निर्माण, धरानको हजार विशाल बुद्ध निर्माण, रंगशाला पुनर्निर्माणमा समेत उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । कोरोना महामारीको समयमा हङकङमा बसोबास गर्दै आएका हजारौं नेपाली समुदायलाई सहयोग गरेबापत हङकङ सरकारद्वारा सन् २०२२ मै अवार्ड फर डेडिकेटेड सोसल सर्भिसबाट समेत राना सम्मानित भइसक्नुभएको छ ।
त्यस्तै, व्यवसायी एवं समाजसेवी राना नेपाल मगर संघ, केन्द्रीय समितिबाट समेत सम्मानित हुनुभएको छ । सम्मानित भएपछि समाजसेवी रानाले यस प्रकारको सम्मान प्राप्तिले समाज र देशका लागि अझै धेरै काम गर्न उत्प्रेरणा र हौसला मिलेको बताउनुभयो ।

Advertisment