मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिद्वारा विभिन्न व्यक्तिलाई सम्मान

पोखरा, १४ भदौ
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समिति, पोखरा, कास्कीले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
२३ औं क्याम्पस अधिवेशन सम्पन्न गर्न निर्वाचन मण्डल संयोजकको रुपमा सहयोग पु¥याएको भन्दै संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर, त्यस्तै, सदस्यहरू संघका गण्डकी प्रदेश उपाध्यक्ष प्रेम बुढामगर र सुशील थापामगरलाई सम्मान गरिएको हो । त्यसैगरी, कार्यक्रममा क्याम्पस समितिका निवर्तमान पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा संघका केन्द्रीय महासचिव प्रेम रोकामगर र क्याम्पस समितिका अध्यक्ष कृष्ण बुढामगरले सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संघका महासचिव रोकामगरले मगर विद्यार्थी संघको आसन्न महाधिवेशनलाई सफल बनाउन सबै मगर विद्यार्थी एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सो अवसरमा संघका केन्द्रीय सदस्य दिनेश रोकामगर, पूर्व केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, गण्डकी प्रदेश उपाध्यक्ष प्रेम बुढामगर, सदस्य सुशील थापामगर, निवर्तमान उपाध्यक्ष प्रकाश थापामगर, सचिव कृष्टि आलेमगर, वर्तमान सह–सचिव कृष्ण बुढामगरलगायतले बोल्नुभएको थियो ।

Advertisment