नेपाल मगर संघका महासचिव नाम्जाली प्रदेशसभामा सिफारिस

काठमाडौं, १९ भदौ
नेपाल मगर संघका महासचिव टेकबहादुर नाम्जाली मगर, आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस हुनुभएको छ ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का लागि कैलाली जिल्ला क्षेत्र नं. २ (क) प्रदेशसभा क्षेत्रीय समितिबाट नेपाली कांग्रेसको तर्फबाट युवा नेता नाम्जालीमगरको नाम सिफारिस भएको हो । नेपाल लोकतान्त्रिक पार्टी (फोरम)को केन्द्रीय सदस्य भइसकेका टेकबहादुर नाम्जालीमगर आबद्ध नेपाल लोकतान्त्रिक पार्टी (फोरम) नेपाली कांग्रेस पार्टीमा समायोजन हुँदा नाम्जाली महाधिवेशन प्रतिनिधिको हैसियतमा समायोजन हुनुभएको थियो ।
पार्टी समायोजन भइसकेपछि तत्कालिन पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट सुदूरपश्चिमबाट सर्वसम्मत् रुपमा केन्द्रीय सदस्यको रुपमा निर्वाचित हुनुभएको थियो । पार्टीले भातृ संगठनको केन्द्रीय सदस्यको जिम्मेवारी दिएपछि सातवटै प्रदेशमा संगठन विस्तारमा देश दौडाहाकै रुपमा हिँड्नुभएको थियो ।
कैलाली क्षेत्र नं. २ मा हुने नेपाली कांग्रेसका हरेक गतिविधिमा संलग्न भई कार्यक्रमलाई सफलता दिलाउने काममा सधैं अग्रसर रहने नाम्जाली नै रहेको पार्टीका नेता तथा कार्यकर्ताले बताउने गरेका छन् । पार्टीले उत्कृष्ट किसानलाई सम्मान, नेपाल तरुण दलको कार्यक्रम, टोल समिति गठनदेखि लिएर पार्टीका हरेक गतिविधिमा सक्रिय भएर लाग्ने युवा नेता टेकबहादुर नाम्जाली मगर कुशल प्रशिक्षक समेत हुनुहुन्छ ।


अध्ययनशील, लगनशील, मेहनती, इमानदार, कर्तव्यनिष्ठ नाम्जाली पार्टीका हरेक विषयवस्तु जनतामाझ बुझाउन सक्ने युवा नेताका रुपमा चिनिने गरेका छन् । प्रदेशसभा समानुपातिकमा नाम्जाली मगरलाई टिकट दिएमा पार्टीको जित सुनिश्चित हुने कार्यकर्ताको बुझाइ छ । नाम्जाली नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्ष ओम घर्तीमगरनिकट मानिनुहुन्छ ।
नेपाल मगर संघको केन्द्रीय समितिको महासचिवमा सर्वसम्मत् निर्वाचित भई जिम्मेवारी सम्हालिरहनुभएको छ । संगठनको लागि होलटाइमरकै रुपमा काम गर्ने बानी भएका नाम्जाली मगर प्रविधिमा पनि त्यत्तिकै अगाडि छन् । पार्टीको गतिविधिहरूलाई सम्प्रेषण गर्न कांग्रेस डायरी नामक फेसबुक पेज चलाएर पार्टीको गतिविधिलाई आम जनतासामु पु¥याउने काम गरिरहनुभएको छ । प्रदेशसभामा समानुपातिक उम्मेदवारको लागि आफ्नो मापदण्ड पुगेकोले आफूले दाबी गरेको भन्दै पार्टीले उक्त जिम्मेवारी प्रदान गरे देश र जनताका लागि इमान्दारपूर्वक काम गर्ने उहाँले बताउनुभयो । मगर संघका महासचिव नाम्जाली मगरले मगर डायरीनामक फेसबुक पेज समेत सञ्चालन गरी मगर समुदायकेन्द्रित गतिविधि आम समुदायमाझ पु¥याउँदै आउनुभएको छ ।

Advertisment