विद्यार्थीहरू भोलिका नेतृत्वकर्ता हुन् ः मन्त्री बुढामगर

पोखरा, २५ भदौ ।
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर ‘सागर’ले आजका विद्यार्थीहरू भोलिको देशको नेतृत्वकर्ता भएको बताउनुभएको छ । नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले आजको विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताउनुभएको हो ।


मगर लगायत अन्य आदिवासी जनजाति समुदायहरू एकजुट नभएको बताउँदै पहिचानको मुद्दा सेलाएको मन्त्री बुढामगरको टिप्पणी छ । उहाँले आन्दोलनका स्वरुप परिवर्तन गर्दै अब शिक्षामा अग्रसता देखाउँदै राज्य सञ्चालन क्षेत्रमा प्रवेश गर्न मगर तथा आदिवासीहरू आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका महासचिव प्रेम रोकामगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश रोकामगर, तुलसी पुर्जामगर, गण्डकी प्रदेशका अध्यक्ष विष्णु आलेमगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष अर्जुन बरामले मगर पहिचानको संरक्षण गर्न विद्यार्थीहरू अग्रसर बन्न आग्रह गर्नुभयो ।
यसैबीच, नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनले महेश घर्तीमगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा माया पुनमगर, सचिवमा योगेन्द्र थापामगर, सह–सचिवमा प्रकाश थापामगर र कोषाध्यक्षमा रक्षा थापामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा कृष्ण बुढामगर, हिरादेवी बुढामगर, सञ्जोग थापामगर, नरेन्द्र थापामगर, सन्देश थापामगर, प्रतिमा तिलिजामगर, सोनु थापामगर, दिलबहादुर थापामगर, देवेन्द्र थापामगर, तेजेन्द्र पुनमगर, दिपाल थापामगर, बलबहादुर रोकामगर र विनिशा पुनमगर रहनुभएको छ । बाँकी तीन सदस्य पछि मनोनित गरिने जनाइएको छ । संघका पूर्व केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । निर्वाचन मण्डलका सदस्यहरूमा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गोविन्द पुनमगर, केन्द्रीय सदस्यद्वय दिनेश रोकामगर र तुलसी पुर्जामगर, गण्डकी प्रदेशका उपाध्यक्ष प्रेम बुढामगर रहनुभएको थियो ।

Advertisment