लोकतान्त्रिक मगर संघको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा भदौ २८ गते हुने

काठमाडौं, २६ भदौ
नेकपा (एमाले)निकट जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको घटक संगठन लोकतान्त्रिक मगर संघ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन यही भदौ २८ गते काठमाडौंमा हुने भएको छ ।
सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको केन्द्रीय संयोजक लीला रानामगरले जानकारी दिनुभयो । जसमा राजनैतिक प्रतिवेदन मस्यौदा उपसमिति संयोजकमा लीला रानामगर, जनपरिचालन उपसमिति संयोजकमा लीला रानामगर, सहसंयोजकमा कमल थापामगर, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा दिलबहादुर थापामगर, सहसंयोजकमा विनिता आलेमगर, विधान मस्यौदा उपसमिति संयोजकमा राजु रानामगर, संहसंयोजकमा राजकुमार थापामगर, प्रचारप्रसार उपसमिति संयोजकमा कमल थापामगर, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा धनबहादुर पुलामीमगर, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा पूर्णबहादुर बुढामगर, सहसंयोजकमा विनिता आलेमगर, खाना तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा पार्वती रानामगर, सहसंयोजकमा जीवन थापामगर, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा जीवन थापामगर, सांस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति संयोजकमा कल्याण रानामगर, अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति संयोजकमा पार्वती रानामगर रहनुभएको छ ।
सम्मेलनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने केन्द्रीय सचिवालय सदस्य राजु रानामगरले जानकारी दिनुभयो । सम्मेलनलाई पार्टी अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेता गोकुल घर्तीलगायतका नेताहरूले सम्बोधन गर्ने समेत उहाँले बताउनुभयो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Advertisment