लोकतान्त्रिक मगर संघको अध्यक्षमा दिलबहादुर थापामगर सर्वसम्मत निर्वाचित

काठमाडौं, २८ भदौ
नेकपा (एमाले)को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको जातीय घटक संगठन लोकतान्त्रिक मगर संघ, नेपालको अध्यक्षमा तनहुँका दिलबहादुर थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । थापामगर यसअघि, कोषाध्यक्ष हुनुहुन्थ्यो ।
त्यसैगरी, मंगलबार सम्पन्न सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा मकवानपुरकी पार्वती रानामगर, उपाध्यक्षत्रयमा म्याग्दीका राजकुमार थापामगर, झापाका हरिकुमार रानामगर र सप्तरीका ज्ञानेन्द्र गरौंजामगर, महासचिवमा धादिङका जीवन थापामगर, उपमहासचिवमा प्यूठानका ईश्वर थापामगर, कोषाध्यक्षमा रुपन्देहीकी विना रानामगर सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, सात वटा सचिवमा प्रदेश नं. १ बाट हाललाई रिक्त राखिएको छ भने मधेश प्रदेशबाट धनुषाका कर्णबहादुर क्याप्छाकीमगर ‘कैलाश’, बागमती प्रदेशबाट नुवाकोटका समरबहादुर आलेमगर, गण्डकी प्रदेशबाट बागलुङका गणेशबहादुर थापामगर, लुम्बिनी प्रदेशबाट दाङका हर्कबहादुर घर्तीमगर, कर्णाली प्रदेशबाट सुर्खेतका कर्णबहादुर रानामगर र सुदूरपश्चिम प्रदेशबाट कैलालीका दानबहादुर थापामगर रहनुभएको छ ।
त्यस्तै, ११६ जना सदस्यहरूमा प्रदेश नं. १ बाट चयन गर्न बाँकी रहेको जनाइएको छ । मधेश प्रदेशबाट डोलबहादुर ठाडामगर (रौतहट), पुष्पराज थापामगर (बारा), विष्णुमाया थापामगर (बारा), डण्डबहादुर आलेमगर (धनुषा), हिरा खपाङ्गीमगर (रौतहट), ढलबहादुर पुलामीमगर (रौतहट), कौशिलादेवी गाहामगर (सर्लाही), ज्ञानेन्द्रबहादुर आलेमगर (पर्सा), युक्तबहादुर मगर (बारा), बागमती प्रदेशबाट राजकुमार रानामगर (सिन्धुली), रिमबहादुर लुङ्गेलीमगर (सिन्धुली), गिरिजा क्याप्छाकीमगर ‘रोहित’ (सिन्धुली), नरोत्तम रानामगर (काठमाडौं), दुर्गाबहादुर थापामगर (काठमाडौं), यशोदा थापामगर (ललितपुर), कल्याण रानामगर (धादिङ्ग), धनबहादुर आलेमगर (मकवानपुर), कुमारी आलेमगर (काठमाडौं), रविन्द्र थापामगर (सिन्धुपाल्चोक), संगीता रानामगर (सिन्धुपाल्चोक), गण्डकी प्रदेशबाट यशोदा रोकामगर (म्याग्दी), भूपेन्द्र बुढाथोकीमगर (म्याग्दी), गमबहादुर पुनमगर (म्याग्दी), ओमबहादुर थापामगर (स्याङ्जा), नम्रता थापामगर (स्याङ्जा), तेजबहादुर आलेमगर (स्याङ्जा), तारामाया थापामगर (कास्की), लालबहादुर रानामगर (कास्की), मानबहादुर घर्तीमगर (कास्की), भीमकुमारी पुनमगर (कास्की), चित्रा श्रीसमगर (बागलुङ), नवीन थापामगर (बागलुङ), विनाकुमारी थापामगर (बागलुङ), राजकुमार थापामगर (तनहुँ), लालबहादुर थापामगर (तनहुँ), इमानबहादुर थापामगर (तनहुँ), सुधा रानामगर (गोरखा), रामबहादुर रानामगर (नवलपुर), टंकप्रसाद माकिममगर (नवलपुर) केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशबाट अम्बिका थापामगर (नवलपरासी), थर्कबहादुर सारूमगर (नवलपरासी), कल्पना थापामगर (रुपन्देही), पदम थापामगर (रुपन्देही), भुवन रानामगर (रुपन्देही), सञ्जीव थापामगर (रुपन्देही), उषा रोकामगर (रोल्पा), बेगम पुनमगर (रोल्पा), रुविना रोकामगर (रोल्पा), दिवस थापामगर (कपिलवस्तु), लक्ष्मी सारूमगर (कपिलवस्तु), रोमबहादुर लम्तरीमगर (पाल्पा), सुमित्रा रानामगर (पाल्पा), रनमाया पुनमगर (गुल्मी), हुमबहादुर रेश्मीमगर (गुल्मी), मानबहादुर आलेमगर (बर्दिया), मीना थापामगर (बर्दिया), लक्ष्मण बुढामगर (पूर्वी रुकुम), दलराज घर्तीमगर (पूर्वी रुकुम), ईश्वरकुमार बुढामगर (दाङ), चित्रबहादुर बुढामगर (प्यूठान), कर्णाली प्रदेशबाट युवराज पुनमगर (सल्यान), विमला खण्डलुकमगर (सुर्खेत), टेकबहादुर रजालीमगर (सुर्खेत), मनबहादुर सिंजालीमगर (दैलेख), शेरबहादुर बुढामगर (डोल्पा) र सागर पुनमगर (पश्चिम रुकुम) केन्द्रीय सदस्य पदमा सर्वसम्मत चयन हुनुभएको छ ।


नेकपा (एमाले), गुल्मीका अध्यक्ष एवं लोकतान्त्रिक मगर संघ, नेपालका संस्थापक सदस्य बालासिंह काउछामगरको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गराएको हो । बन्दसत्रलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख लीलबहादुर थापामगर, केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला सह–इञ्चार्ज यमुना रोकामगर, लोकतान्त्रिक मगर संघ नेपालकी निवर्तमान अध्यक्ष एवं नेकपा (एमाले), लुम्बिनी प्रदेश कमिटीकी उपसचिव लीला रानामगरलगायतले प्रशिक्षणमूलक सम्बोधन गर्नुभएको थियो ।


यसअघि, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनलाई नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापामगर ‘बादल’, स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य थममाया थापामगर, पोलिटब्यूरो सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष गोकुल घर्तीमगर, केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इञ्चार्ज नवीन रोकामगर, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

Advertisment