लालीगुराँस एजु आमा समूहको दुई दिने उद्घोषण तालिम सम्पन्न

पोखरा, ३० भदौ
लालीगुराँस एजु आमा समूह, पोखरा–३०, ढुंगेपाटनको आयोजनामा बुधबारदेखि सुरु भएको दुई दिने उद्घोषण तालिम बिहीबार सकिएको छ ।
तालिमको समापन आमा समूहकी ज्येष्ठ सदस्य तालमाया पुनमगरले गर्नुभएको थियो । सो अवसरमा बोल्दै पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगरले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । आमा दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमले महत्वपूर्ण टेवा मिल्ने भन्दै उहाँले आगामी दिनमा पनि महानगर र वडाका तर्फबाट यस्ता तालिमको व्यवस्था गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।
लालीगुराँस आमा समूहकी अध्यक्ष दीक्षा पुनमगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, आमा समूहकी सल्लाहकार डुमाया गर्बुजामगर, प्रशिक्षार्थीहरू मनकुमारी पुनमगर, झरना पुनमगरलगायतले बोल्नुभएको थियो । यसअघि, सो तालिमको उद्घाटन नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले गर्नुभएको थियो ।

Advertisment