रजत जयन्तीका अवसरमा मगर महिला संघ कास्कीको प्रजनन स्वास्थ्यसम्बन्धी गोष्ठी

पोखरा, ३ असोज
नेपाल मगर महिला संघको २५ औं स्थापना दिवस एवं रजत जयन्तीका अवसरमा कास्की जिल्ला समन्वय समितिले एक दिने महिला प्रजनन स्वास्थ्यसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।


नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा नेपाल मगर महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष खुमकुमारी थापामगर, नेपाल मगर संघ, गण्डकी प्रदेशकी सदस्य ज्ञानुसरा रानामगर, नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी कोषाध्यक्ष तुलसी थापामगर, नेपाल मगर युवा संघ, कास्कीका अध्यक्ष ओम थापामगर, नेपाल मगर संघ, नयाँबजार इकाई समितिका अध्यक्ष दुर्गाबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा थापामगर, सचिव ईश्वरी थापामगरले पनि बोल्नुभएको थियो ।

Advertisment