बागलुङ–पोखरा मगर समाजको देउसी भैलो कार्यक्रम सम्पन्न

पोखरा, ६ कात्तिक
बागलुङ–पोखरा मगर समाजले आफ्नो भवन निर्माण सहयोगार्थ देउसी भैलो तथा तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत् समाजले २ लाख १७ हजार रुपैयाँ आर्थिक संकलन गर्न सफल भएको समाजका अध्यक्ष गजेन्द्र थापामगरले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले जहाँ भएपनि मगर जाति संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आफ्नो भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि समाजको स्थापना अनिवार्य भएको भन्दै उहाँले नेपाल मगर संघले सबै मगरलाई एकताबद्ध बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । समाजविना कोही पनि बाँच्न नसक्ने भन्दै रानामगरले समाजको गठन गरेर भाषा, संस्कृतिलाई लोप हुनबाट बचाउन सकिने भनाइ राख्नुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, सफल महिला उद्यमी एवं गायिका तथा मोडल शान्ति श्रीसमगर, समाजका सल्लाहकार भीमबहादुर श्रीसमगर, रामबहादुर पुनमगर, जैमिनी नगरपालिका वडा नं. ६, बागलुङका पूर्व वडाध्यक्ष नरबहादुर पुनमगर, वडा नं. १० का निवर्तमान वडाध्यक्ष नरबहादुर थापामगर, समाजका उपाध्यक्ष सु.मे. चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगर, कोषाध्यक्ष कृष्णा पुनमगर, पूर्व महिला संयोजक रनमाया थापामगर, सुनिता रानामगर, चन्द्रकली थापामगर, तारा पुनमगर, तारा थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

Advertisment