पिएन क्याम्पसमा मगर विद्यार्थी संघको रक्तदान, ५० युनिट संकलन

पोखरा, १८ मंसिर
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।


आइतबार आयोजित रक्तदानको उद्घाटन नेपाल मगर विद्यार्थी संघका महासचिव प्रेम रोकामगरले गर्नुभयो । रक्तदानजस्तो महान् कार्यको आयोजना गरेर मगर विद्यार्थी संघकै गरिमा बढाएको भन्दै महासचिव रोकामगरले पृथ्वीनारायण क्याम्पस समितिलाई धन्यवाद दिनुभयो ।


क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगर, वडा नं. १ की वडा सदस्य शोभा गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्यद्वय दिनेश रोकामगर र तुलसी पुर्जामगर, क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष कृष्ण बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव देवी रानामगरले पनि रक्तदानको महत्वबारे बोल्नुभएको थियो ।

 

Advertisment