गणेशलालको नेतृत्वमा एमालेनिकट लोकतान्त्रिक तीन गाउँले थकाली संघ गठन

पोखरा, ९ माघ
तीन गाउँले थकाली समुदायको ल्हो सम्ब (नयाँ वर्ष) २८५० को अवसर पारी नेकपा (एमाले)को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालसम्बद्ध लोकतान्त्रिक तीन गाउँले थकाली संघ नेपालको गठन गरिएको छ ।
नवगठित लोकतान्त्रिक तीन गाउँले थकाली संघ नेपालको अध्यक्षमा गणेशलाल थकाली सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, ११ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा सनप्रसाद थकाली, छिरिङप्रसाद थकाली, पूर्ण थकाली, महासचिवमा सञ्जोग थकाली र कोषाध्यक्षमा शिव थकाली चयन हुनुभएको छ । त्यसैगरी, केन्द्रीय सदस्यहरूमा अशोक थकाली, सञ्जय थकाली, धनबहादुर थकाली, सुकलाल थकाली रहनुभएको छ ।
एमाले समर्थित तीन गाउँले थकालीहरूको भेलामा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष गोकुल घर्तीमगर र लोकतान्त्रिक भुजेल संघ नेपालका अध्यक्ष सूर्यबहादुर भुजेलले जनसंगठनको आवश्यकता र महत्वका बारेमा बोल्नुभएको थियो ।

Advertisment