प्रथम शहीद लखन थापा सबैको साझा विभूति ः कानूनमन्त्री गाहा

पोखरा, २ फागुन
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले प्रथम सहिद लखन थापामगर मगर समुदायको मात्र नभइ राष्ट्रकै साझा विभूती भएको बताएका छन् । नेपालका प्रथम शहीद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘प्रथम सहिद लखन थापामगर, मगर समुदायको मात्र होइन । सिंगो यो देशको साझा विभूती हुन्, मन्त्री गाहामगरले भन्नुभयो, ‘त्यसैले मगर समुदायले मात्रै होइन सम्पूर्ण नेपालीले राष्ट्रकै पहिलो सहिदको रुपमा बुझ्न आवश्यक छ । किनभने उनले यो देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउन र जनतालाई अधिकारको प्रत्याभुत गराउका निम्ती सहिद भएका थिए ।’ उहाँले प्रथम सहिद लखन थापामगरले अधिकार प्राप्तिको लागि बलिदानी दिएको बताउँदै दोहो¥याउनुभयो, ‘जनतालाई राजनीतिक, सामाजिक परिवर्तन, न्याय र अधिकारको सुनिश्चिता गर्ने समयमा शहीद भएका थिए । त्यसैले शहिद लखन थापामगर मगरको मात्र शहिद नभएर सिंगो राष्ट्रको साझा राष्ट्रिय विभूति हुन् ।’


देशमा प्रजातन्त्र र लोकतन्त्रसँगै नेपाली जनतालाई अधिकार प्राप्त गर्नका निम्ति पहिलो शहिद भएको मन्त्री गाहामगरले बताउनुभयो । ‘जंगबहादुर राणाको शासनको विरुद्ध सहिद थापामगरले हल्लाउने काम ग¥यो, देशमा प्रजातन्त्र, लोकतन्त्र र नेपालीहरुलाई अधिकार प्राप्त गराउने समयमा पहिलो शहिद हुन पुगेका हुन् ।’ उहाँले भन्नुभयो । मन्त्री गाहामगरले प्रथम शहीद लखन थापामगरले इतिहासमा गरेका योगदानलाई पाठ्यक्रमको आधारभूतदेखि माध्यमिक शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले फरक प्रसंगमा बोल्दै संख्याको हिसाबमा धेरै भएपनि राजनीतिक लगायत विभिन्न क्षेत्रमा मगर समुदाय पछि परेको बताउँदै अधिकार प्राप्तिको लागि शिक्षाको माध्यम र राजनीतिक हिसाबमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै, कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगरले प्रथम सहिद लखन थापामगरको स्मृति कार्यक्रम मगर संघले नभएर राष्ट्रले नै गर्न आह्वान गर्नुभयो ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजन लामाले लखनचोकमा बेलाबेलामा हुने हस्तक्षेपको विरोध गर्दै पुनः हस्तक्षेत्र दोहोरिए प्रतिकारमा उत्रने बताउनुभयो । प्रथम शहीद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीको भवनबाट ¥यालीसहित पोखराको लखनचोकमा रहेको आएर ¥याली कोण सभामा परिणत भएको थियो ।
लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिकमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले माल्यार्पण गर्दै १४६ औं स्मृति दिवस मनाइएको थियो । सो कार्यक्रममा नेपाल मगर संघ कास्कीमा आबद्ध विभिन्न इकाई समितिका मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisment