कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई ज्ञापन

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पु¥याइएको छ । सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवीत देवि कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ । सोही परम्परा अनुसार आज राष्ट्रपति निवास शितल निवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेल समक्ष पहिलो पल्ट कुमारी घरको प्रसाद पु¥याइएको हुन् ।

Advertisment