सम्माननीय राष्ट्रपति समक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयवासीद्धारा भेट

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूलाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । शितल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले पालिकामा भएका गतिविधिका बारेमा सम्माननीय राष्ट्रपति ज्यूलाई जानकारी गराउनुभएको थियो ।
भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन लगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयवासीको सहभागिता थियो ।
सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्र्गीय सत्यमोहन जोशीद्धारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी नगरपालिकाको मुखापत्र हस्तान्तरण गर्नुभएको थियो ।

Advertisment