सिङ्दीमा सञ्चालित चार दिने उद्घोषण तालिम सकियो

मालिङ, ५ चैत्र
लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ५, सिङ्दीमा सञ्चालित चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । बिहीबारदेखि सुरु भएको सो तालिमको आइतबार समापन गरिएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गीतबहादुर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट लोसदेवी गुरुङ, सुनिता सुनार, मनिषा गुरुङ, अमिसा गुरुङ, मनकाशी गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो । वडा महिला सदस्य बर्तामाया गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा दलित महिला वडा सदस्य खलकुमारी सार्की र निवर्तमान कार्यपालिका सदस्य मञ्जु गुरुङले पनि बोल्नुभएको थियो ।

 

Advertisment