पसगाउँमा सञ्चालित चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न

पसगाउँ, १३ चैत्र
लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ६, पसगाउँमा सञ्चालित चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा ३१ जना महिला प्रशिक्षार्थी सहभागी थिए । शुक्रबारदेखि सुरु भएको सो तालिमको सोमबार समापन गरिएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट इन्द्रकुमारी गुरुङ, अस्मिता गुरुङ, एलिना गुरुङ, चन्द्रकाशी गुरुङ, बुद्धिकुमारी गुरुङ र भूमिका गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो । शान्तिदीप आमा समूह, पसगाउँकी अध्यक्ष युगदेवी गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा महिला सदस्य हेमकुमारी गुरुङ, दलित महिला वडा सदस्य शर्मिला विक, निवर्तमान वडा महिला सदस्य रहेल गुरुङ र चन्द्रकुमारी घर्तीले पनि बोल्नुभएको थियो ।

 

 

Advertisment