संघीय सरकारले हाम्रो पीडालाई बेवास्ता ग¥यो ः अध्यक्ष गुरुङ

पोखरा, २४ चैत ।
लोमन्थाङ गाउँपालिका, मुस्ताङका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको “लोमन्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गर्नुभएको हो । ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र सरकारको प्रणालीले गर्दा जिल्ला लगायत गाउँपालिकाको विकासको काम सम्पन्न गर्न ढिलाई भइरहेको गुनासो गर्नुभयो । नेपाल तथा चीनको नाका कोरलामा लामो समयदेखि दुवै देशका नागरिकलाई मध्यनजर गर्दै मेला हुने भए पनि कोरोना महामारी पछि हुन नसकेको उहाँले बताउनुभयो । ‘हरेक २ वर्षमा आयोजना हुने मेलालाई विशेष प्राथमिकता दिएर सञ्चालनका लागि पहल गर्न केन्द्र सरकारले समन्वय गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकामा हाल नियम, कानून र ऐन बनाउने प्रक्रिया जारी रहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । गाउँपालिकाका आम नागरिकसँग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताउनुभयो । ‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसलको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘कृषकलाई कृषि सम्बन्धी तालिम दिइरहेका छौं ।’ गाउँपालिकामा ५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिनुभएको छ । आफूहरु आम नागरिकले अनुभुति गर्ने खालको विकास तथा समृद्धिका लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
फोनिज गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था मगरले लोमन्थाङ गाउँपालिकाका हरेक स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हिसाबमा उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको भौतिक विकासका लागि पत्रकारले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीस र महासचिव धनबहादुर गुरुङले लोमन्थाङको समृद्धि र समस्या समाधानका लागि फोनिज कलम चलाउन र आवाज उठाउन तयार रहेको बताउनुभयो ।

 

Advertisment