फोनिज मुस्ताङ शाखाको अध्यक्षमा थकाली

पोखरा, २२ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित हुनुभएको छ ।
मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा सुशील थकाली, सचिवमा निरज थकाली, सह–सचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृष्णा गौचन सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समीर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको उपस्थितिमा पदस्थापन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाउनुभयो । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

 

 

 

Advertisment