भोटको अपिल गर्न हिमालय लोक स्टारका प्रतिस्पर्धी राजेन्द्र घर्तीमगर पोखरामा

पोखरा, १२ वैशाख
हिमालय लोक स्टारका उत्कृष्ट ६ मा पुग्न सफल प्रतिस्पर्धी राजेन्द्र घर्तीमगर भोटका लागि अपिल गर्न पोखरा आएका छन् । सोमबार गण्डकी प्रदेशको राजधानी पोखरा आएका उनले आफूलाई भोट गरेर उपाधि जिताउन सहयोगको आह्वान गरेका हुन् ।
बागलुङको निसीखोला गाउँपालिका घर भएका उनी आफ्नो जन्मभूमिमा भोटका लागि अपिल गरेर फर्किएका हुन् । आफ्नो गृह पालिका निसीखोलासँगै उनले तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पनि भोट गरेर जिताउन अपिल गर्दै कार्यक्रम गरेका छन् ।
सोमबार पोखरामा आयोजित कार्यक्रममार्फत् उनले अहिलेसम्म दर्शकको मायाले नै यहाँसम्म आइपुगेको बताउँदै भोट गरेर जिताउन गण्डकी प्रदेशबासीलाई उनले अपिल गरे । हिमालय टेलिभिजनमा प्रसारण भइरहेको सो कार्यक्रममा गण्डकी प्रदेशको मौलिक लोकगीतलाई प्राथमिकताका साथ प्रस्तुती दिइरहेका उनले दर्शकको प्रशंसा बटुलिरहेका छन् ।
युवा व्यवसायी कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा युवा राजनीतिज्ञ निरन चन्दले राजेन्द्र घर्तीमगर प्रतिभाशाली कलाकार भएको भन्दै उनलाई उपाधि जिताउन सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीस, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम बुढा र अञ्चल शाहीले पनि राजेन्द्र घर्तीमगर गण्डकी प्रदेशकै शानको रुपमा रहेको भन्दै प्रतिभाशाली कलाकार राजेन्द्रले उपाधि जित्नुपर्ने भनाइ राख्नुभयो ।
हिमालय लोकस्टारका प्रतिस्पर्धी राजेन्द्रले आफूलाई जिताउन भोटका लागि अपिल गरे । उनलाई भोट गर्न आईएमई पे डाउनलोड गरी भोटिङ कोड १२ मा गइ भोट गर्न सकिन्छ । राजेन्द्रलाई भोट गर्ने समय आज राति १२ बजेसम्म मात्र रहेको छ ।

Advertisment