लाफा हेल्थ केयरमा आज निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १९ जेठ
काठमाडौंको टोखा नगरपालिका वडा नं. १०, सामाखुशीचोकस्थित लाफा हेल्थ केयर प्रालिमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लाफा हेल्थ केयर प्रालिको संयुक्त आयोजनामा सो निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको लाफा हेल्थ केयरका सञ्चालक लीलाराम थापाले जानकारी दिनुभयो । शिविर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिने लाफा हेल्थ केयरका प्रबन्ध निर्देशक ज्ञानेन्द्र पुनले जानकारी दिनुभयो । शिविरका अवसरमा औषधीमा १० प्रतिशत र ल्याबमा २० प्रतिशत छुटको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो । लाफा हेल्थ केयरका दैनिक सेवामा प्याथोलोजी सेवा, फार्मेसी र बहिरंग सेवा रहेका छन् ।

Advertisment