अमेरिका मगर संघ न्यूयोर्क च्याप्टरको समर पिकनिक सम्पन्न !

न्यूयोर्क,जुन/१२/२०२३

मेरिकाको न्यूयोर्कमा बसोवास गर्ने मगर समुदायलाई समेटेर अमेरिका मगर संघ न्यूयोर्क च्याप्टरको आयोजनामा गरिएको (समर पिकनिक) बनभोज कार्यक्रम सम्पन्न भएको

पिकनिक कार्यक्रम अत्यन्तै राम्रो,सफल भएको जुलाई ११ कोलोराडो राज्यमा हुन लागेको मगर संघ अमेरिकाको महाधिवेशनको तयारीमा ब्यापक रूपमा लागिरहेकोले सम्पूर्ण मगर दाजुभाई, दिदिवहिनी तथा आमाबुवाहरूले सहभागिता जनाई सहयोग गरि सफल बनाईदिनुहुन प्रमुख अतिथि अमेरिका केन्द्रिय मगर संघका अध्यक्ष कुलदिप राना मगरले बताउनुभयो

आफ्नो देश छोडेर कर्मथलो बनाएको यस देशमा सबै दाजुभाई तथा दिदिवहिनीहरूलाई एकै थलोमा समेटेर भेटघाट तथा दुःखसुख साट्न भुमिका निभाउने हुदा यो पिकनिकको आयोजना गरिएको च्याप्टरका अध्यक्ष दिपक रोका मगरले बताउनुभयो

सो कार्यक्रममा सांस्कृतिक समुहका कलाकारहरूले गित तथा संगीतको बेजोड प्रस्तुति दिनुभयो अन्तिममा खेलकुद विजेताहरूलाई खादा लगाई प्रमाणपत्र वितरण गरिएको थियो भने राफल चिठ्ठा विजेताहरूलाई प्रथम पुरस्कार एप्पल आईप्याड, दोस्रो पुरस्कार एप्पलवाच तेस्रो पुरस्कार एप्पल ईयरपड वितरण गरेर समापन गरिएको थियो उक्त कार्यक्रमको सञ्चालन सचिव अमृत रोकामगरले गर्नुभएको थियो

Advertisment