मगर संघ अमेरिकाले देऊसी भैलो कार्यक्रम गर्ने !

१४ नोभेम्वर २०२३

गर संघ अमेरिकाले शैक्षिक छात्रवृत्ति तथा विद्यार्थी सहयोग कोषको स्थापनार्थ निम्ति आर्थिक सहयोग संकलन गर्ने उदेस्य लिई देउसीभैलो कार्यक्रम गर्ने भएको

मगर संघ अमेरिकाको आयोजनामा बिगतका बर्षहरुमाझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा आज देखी तिन दिन नेभेम्बर १४ (गोवर्धन पुजा) को दिन आफ्नै केन्द्रिय कार्यालय क्विन्सको वुडसाईडमा भब्यताका साथ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो। मगर संघ शैक्षिक विभागका संयोजक डा. कृष्ण थापा मगरको संयोजकत्वमा न्यूयोर्क च्याप्टरको सांस्कृतिक विभागको सहयोगमा प्रत्यक्ष देउसी भैलो २०२३ आज मंगलबार साँझ बजे देखी शुरू हुन गैरहेको हो

समय अभावका कारण देउसीभैलो खेल्न सबैको घर घर जान सम्भव नभएकोले समुदायका सबै दाजुभाईहरूलाई केन्द्रिय कार्यालयमा आएर सबै मिली रमाईलो गरी मनाउन सहयोगको अपेक्षा साथै सबैलाई निमन्त्रणाका लागी केन्द्रिय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगरले बताउनुभयो

Advertisment