लायन्स क्लब इन्टनरनेशनल जोन २४ को दोस्रो बैठक सम्पन्न

पोखरा, ४ पुस
लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपालको रिजन १२, जोन २४ को दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकमा डिष्ट्रिक्टका जीएसटी को–अर्डिनेटर पीएमजेएफ लायन दीनबन्धु पौडेलले डिष्ट्रिक्टका आगामी योजना र क्लबहरूले निर्वाह गर्नुपर्नेमा दायित्वका बारेमा बोल्नुभएको थियो । त्यस्तै, डिष्ट्रिक्ट डिपार्टमेण्ट को–चिफ लायन भानुभक्त अधिकारी, डिष्ट्रिक्ट को–चिफ एडभाइजर लायन नारायणप्रसाद अधिकारी, रिजन चेयरपर्सन पीएमजेएफ लायन कोपिला श्रीसलगायतले लायनवाद र आगामी योजनाबारे बोल्नुभएको थियो । बैठकमा डिष्ट्रिक्ट पीआरओ लायन कुश्मराज सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
जोन चेयरपर्सन लायन शुक्रराज अधिकारीको अध्यक्षतामा भएको बैठकमा जोन अन्तर्गतका क्लबहरूले आफ्ना गतिविधिबारे रिपोर्टिङ गरेका थिए । सो अवसरमा लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनका अध्यक्ष लायन दिनेशबाबु खड्का, सचिव लायन राम उपाध्याय, कोषाध्यक्ष लायन श्रीप्रसाद लामिछाने, लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशका अध्यक्ष लायन रूद्रबहादुर श्रीसले रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।
जोन अन्तर्गत कालिका भ्यू टाउन र गण्डकी प्रदेशसहित लायन्स क्लब अफ पोखरा डाउन टाउन, लायन्स क्लब अफ पोखरा डायमण्ड टाउन र लायन्स क्लब अफ पोखरा इन्टरप्रेनर्स टाउन रहेका छन् । बैठकमा लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी प्रथम उपाध्यक्ष लायन सन्तु सुवेदीले राष्ट्रिय झण्डाको अभिवादन प्रस्तुत गर्नुभएको थियो ।

 

Advertisment