लाफा ग्रुप लिमिटेडको छैठौं वार्षिक साधारणसभा पुस २७ गते हुने

काठमाडौं, ९ पुस
लाफा ग्रुप लिमिटेडको छैठौं वार्षिक साधारणसभा यही पुस २७ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाबारे विभिन्न निर्णय समेत गरेको छ ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने व्यवसायिक योजनाबारे समेत छलफल गरिने अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । काठमाडौंको नक्सालस्थित लीसरा रिसेप्सनमा हुने साधारणसभामा झण्डै ६ सय शेयरधनी सहभागी हुने जनाइएको छ ।
लाफा ग्रुप लिमिटेड देश तथा विदेशमा रहेका नेपालीहरूबाट सामूहिक लगानीमा स्थापित लगानी कम्पनी हो । कम्पनीले बागमती प्रदेशको काठमाडौंसहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशका विभिन्न स्थानमा सञ्चालित व्यवसायिक परियोजनामा लगानी गरेको छ ।

 

Advertisment