चलचित्र ‘दिलसरा’को छायांकन तीव्र

पोखरा, २३ पुस
चलचित्र “दिलसरा” छायांकन यतिबेला तीव्र रुपले भइरहेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. २१, स्थित रमणीय ग्रामीण परिवेश निर्मलपोखरीमा भइरहेको छायांकनको करिब ४० प्रतिशत सम्पन्न भएको निर्माता हर्क आलेमगरले जानकारी दिनुभयो ।
अशोक आलेमगरद्वारा निर्देशित चलचित्र “दिलसरा”का लागि सृष्टि रानामगर र कल्याण रानामगरको मुख्य अभिनयले सजिएको सो चलचित्रमा हास्य अभिनेताको भूमिकामा खड्कबहादुर पुन (खबपु)ले निभाएका छन् । पुसको पहिलो सातादेखि छायांकन थालिएको सो चलचित्रको छायांकन माघ महिनाभित्र सकिने अनुमान निर्माण पक्षको रहेको छ । जुना थापाको कथा र मीना थापा र जुना थापामगरको पटकथाले भरिएको सो चलचित्रको निर्माताहरूमा मेजर प्रेमबहादुर थापा, हर्क आलेमगर, जुना थापामगर र मीना थापामगर रहेका छन् । चलचित्र “दिलसरा”ले मगर समुदायको कथालाई मुख्य प्राथमिकतामा राखेको निर्माण पक्षले जनाएको छ ।

Advertisment