देवराजको नेतृत्वमा मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टर गठन ।

जनवरी  ८, न्यूयोर्क

मगर संघ अमेरिका अन्तर्गत सातौ च्याप्टरको रूपमा फेरी मगर संघ अमेरिका म्यासाचुसेट्स (बोस्टन) च्याप्टर गठन भएको छ ।अमेरीकाको सम्पूर्ण मगरवासी मगरहरूलाई अमेरिका मगर संघको एउटै छाताको रूपमा गोलबद्द गर्ने अभियानको क्रममा जनवरी ७, २०२४ आईतबारको दिन बोस्टन शहरको म्यासाचुसेट्स राज्य अन्तर्गतका सम्पूर्ण मगरहरूको ऐतिहासिक भेलाबाट प्रथम अधिवेशन गरी निर्विरोध चुनिएका देवराज पुन मगरको अध्यक्षतामा १५ सद्स्यिय कार्य समिति गठन भएको छ ।

मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष याम पुन मगर , बरिष्ठ उपाध्यक्ष दिप सागर बुढा मगर , सचिब पुर्ण बहादुर पाइजा मगर , निवर्तमान अध्यक्ष तथा सल्लाहकार कुलदिप राना मगर , मगर संघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर , उपाध्यक्ष सुसाङ बुढा मगर , सचिब रत्न सिङ गर्बुजा मगर र आजिवन सद्स्य सुमन बुढा मगरको उपस्थितीमा मगर संघ अमेरिका म्यासाचुसेट्स (बोस्टन) च्याप्टर गठन गरिएको हो ।

म्यासाचुसेट्सको बोस्टन शहरमा भएको मगरहरूको ऐतिहासिक भेलाले देवराज पुन मगर सहितको अध्यक्षतामा संघको १५ सदस्यीय नयाँ कार्य समितिमा उपाध्यक्षमा कुशमाया थापा मगर , सचिवमा विकास थापा मगर, सह सचिवमा मनोज कुमार पुन मगर, कोषाध्यक्षमा राखी कुमारी पुन मगर, सह-कोषाध्यक्षमा तारा पाईजा मगरलाई निर्वाचित गरिएको छ भने सदस्यहरुमा अमन थापा मगर, हेमेन्द्र बुढा मगर, उमाकान्त पुन मगर, टिका पुन श्रीस मगर विनोद बुढा मगर, राज पुन मगर, प्रेम थापा मगर, सुमित्रा रोका मगर र मुगा थापा मगरलाई सर्वसम्मत चयन गरेको हो ।

मगर संघ अमेरिका  म्यासाचुसेट्स (बोस्टन) च्याप्टर घोषणा सभाको समारोहमा समुद्घाटन लगत्तै संस्थाको इतिहास , बिधि र प्रकृयाको बारेमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार कुलदिप राना मगरले र केन्द्रीय समितिको च्याप्टर बिस्तार अभियान र कार्य योजनाको बारेमा अध्यक्ष याम पुन मगर र च्याप्टरले गर्ने काम कर्तव्य , च्याप्टरका अधिकार र च्याप्टर भए पछिका राज्यका मगरहरुलाई विस्तृत रूपमा सजिलै जोड्न सकिने बारेमा न्युयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर सहितले आ-आफ्नो  मन्तव्य राख्नुभएको थियो ।

नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण संगै पहिलो अध्यक्ष देवराज पुन मगरले म्यासाचुसेट्स राज्यका सम्पुर्ण मगरहरुलाई गोलबद्व गर्दै मगर भाषा , संस्कार , संस्कृति संरक्षण अनि पुस्तान्तरण गर्ने र म्यासाचुसेट्स राज्यका अन्य संस्थाहरु संग भाइचाराको सम्बन्ध राख्ने र म्यासाचुसेट्स च्याप्टरको शिर उच्च राख्न हर प्रयास गर्ने प्रतिबद्वता गर्नुभएको छ ।

मगर संघ अमेरिकाले सन २०१६ देखि केन्द्रीय समिति र च्याप्टरको अवधारणा अघि सार्दै हाल सम्म न्युयोर्क , न्युजर्सी , टेक्सास , डिएमभी ( डिशी , मेरिल्याण्ड र भर्जिनिया ) , कोलोराडो र इलिनोइ गरि मगरहरुको बाक्लो उपस्थित रहेको ६ राज्यमा च्याप्टर गठन गरिसकेको छ र सातौँ च्याप्टरको रुपमा म्यासाचुसेट्स (बोस्टन) च्याप्टर गठन भएको हो ।

Advertisment