गण्डकी प्रदेशमै पहिलोपटक वैशाख ५ गतेदेखि ग्राण्ड डायमण्ड मेला

पोखरा, ३ वैशाख
कञ्चन क्यापिटल प्रालिको आयोजनामा नयाँ वर्षको अवसर पारी यही वैशाख ५ गतेदेखि गण्डकी प्रदेशमै पहिलोपटक ग्राण्ड डायमण्ड मेला हुने भएको छ ।
पोखरा–३, तेर्सापट्टीस्थित पञ्चरत्न आभूषण प्रालि परिसरमा हुने मेला वैशाख १० गतेसम्म सञ्चालन हुने कञ्चल क्यापिटलका अध्यक्ष विमल गुभाजूले जानकारी दिनुभयो । मेलामा हिराका गरगहना राखिने र हिराका गरगहनाका बारेमा जानकारी दिनु मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष गुभाजूले बताउनुभयो । हिराका गरगहना खरिदका लागि काठमाडौं जान नपर्ने बताउँदै उहाँले पोखरा र गण्डकी प्रदेशका ग्राहकका लागि सुविधा होस् भनेर मेलाको आयोजना गरिएको बताउनुभयो ।


पञ्चरत्न आभूषणका सञ्चालक सोभितमान बुद्धाचार्यले मेलामार्फत् आफूहरूले हिराको महत्वबारे सन्देश दिन चाहेको बताउनुभयो । बुद्धाचार्यका अनुसार मेलामा आउने ग्राहकका लागि हिराका गरगहनामा ४० प्रतिशतसम्म ग्राण्ड अफर राखिएको जानकारी दिनुभयो । मेलामा २०/२५ हजार रुपैयाँदेखि १०/१५ लाख रुपैयाँसम्मका हिराका सबै खालका गरगहना राखिने जनाउँदै बुद्धाचार्यले नयाँ वर्षमा नयाँ उत्साहका साथ गण्डकी प्रदेशमै पहिलोपटक मेलाको आयोजना गरिएको बताउनुभयो ।


क्रिस कञ्चन ज्वेलरी प्रालि र कञ्चन ज्वेलर्स प्रालिको साथ रहेको मेलाका पार्टनरहरूमा कञ्चन पीएम ज्वेलर्स प्रालि, कञ्चन आभूषण प्रालि, बुद्धाचार्य आभूषण प्रालि, कञ्चन सिल्भर प्रालि र बज्राचार्य आभूषण सेन्टर प्रालि रहेका छन् ।

Advertisment