अमेरिकामा मगर संघको आठौ ऐतिहासिक साधारणसभा सम्पन्न !

वीर घर्ती मगर

अगस्ट १० / २०२२

‘अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति सहभागिताउदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार संस्कृति हस्तान्तरणआजको आवश्यकता’ भन्ने मुल नारा सहित मगर संघ अमेरिका केन्द्रीय समितिको आठौं बार्षिक साधारणसभा टेक्सास राज्यको डलास शहरमा आईतबार अगस्ट मा सम्पन्न भएको

कार्यक्रमको सुरूवात केन्द्रिय मगर संघ वटा राज्यहरूको मगर संघ च्याप्टर कमिटीहरुबाट मगर मौलिक झाँकी र्‍याली सहित सभाहलमा प्रवेश गरी भएको थियो

प्रमुख अतिथि नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगर टेक्सास राज्य युलेस सिटीका काउन्सिल मेम्बर टीका पौडेलले कार्यक्रमको समुदघाटन गर्नुभएको थियो

एक दशक अघिदेखि मगर समुदाय माझ चर्चाको बिषय रहेको मगर आपतकालीन कोषलाई पहिलो चरणमा पचास हजार डलर कोष खडा गरी अगाडी बढाईने भएको यस किसिमको कोषबाट आपत बिपत्तिको बेला मगर समुदायहरूलाई राहत तथा सहयोग गरिनेमगर आपतकालीन कोषकमिटीका सदस्य याम पुन मगरले बताउनुभयो

उत्कृष्ट तथा जेहेन्दार मगर बिद्यार्थीहरुलाई हौसला प्रोत्साहन गर्न पहिलो पटक सुरुवात गरिएको मगर बिद्यार्थी छात्रवृत्ति कोष समितिबाट छनौट भएका कृष्ण राना मगर (जर्जिया ) निर्जल थापा मगर ( न्युजर्शी ) लाई / हजार डलर प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने मगर संघ अमेरिकामा लामो समय सम्म कार्यसमितिमा रहेर काम गरेका स्थापना कालदेखि निरन्तर मगर संघ अमेरिकालाई विभिन्न तवरबाट सहयोग गर्दै आएका मगर संघ अमेरिका केन्द्रीय समितिका बर्तमान सल्लाहकार लक्ष्मी कुमारी राना मगर, डा.गंगा पुर्जा पुन मगर पत्रकार प्रदीप परियार थापा मगरलाई पनि सम्मान गरिएको थियो

च्याप्टर कमिटी विभिन्न मगर समुदायका ब्यक्तीहरूबाट बिधान संशोधनका लागि आएका प्रस्तावहरु केही समयको बैठक पछि विधान संशोधन गरिएको थियो विधान संशोधन समितिका संयोजक लछुमन राना मगर, लक्ष्मी कुमारी राना मगर भक्त बहादुर आलेमगरले संशोधनका लागि आएका प्रस्तावहरु प्रस्तुत गरेका थिए

मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले नेपालमा बन्न लागेको लखन स्मृति पार्क निर्माणका लागि अमेरिकामा रहेका सबै मगर समुदायलाई सहयोगको अपिल गर्दै मगर समुदायहरूका लागि अमेरिका राज्यबाट पाउन सक्ने सेवा र सुबिधा बारे मगर संघ अमेरिकाले प्रयास गरेको बताउदै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो

 

Advertisment