नेपाल मगर खेलकुद संघको अध्यक्षमा निरजकुमार पुनमगर सर्वसम्मत

काठमाडौं, ४ भदौ
नेपाल मगर खेलकुद संघको अध्यक्षमा निरजकुमार पुनमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा शनिबार सम्पन्न संघको प्रथम महाधिवेशनबाट अध्यक्षमा पुनमगर चयन हुनुभएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मदनकुमार घर्तीमगर, उपाध्यक्षमा विमला रानामगर, कमल घर्तीमगर, कुलबहादुर बुढामगर, टक्करबहादुर थापामगर, बेगम घर्तीमगर, महासचिवमा गणेशबहादुर रानामगर, सचिवमा बलबहादुर थापामगर, टेकबहादुर सलामीमगर, कोषाध्यक्षमा मानबहादुर रजालीमगर र सह–कोषाध्यक्षमा प्रसुनारायण बुढामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा युवराज रानामगर, प्रकाश थापामगर, सविता थापामगर, रामशेर बुढामगर, प्रदीप आलेमगर, प्रकाश गुर्मछानेमगर, शिरमन घर्तीमगर, फूलमाया क्याप्छाकीमगर, दीपेन्द्र बुढामगर, विश्व वैराग समाल मगर, समर्पण रानामगर, वसन्त पुनमगर, ज्ञानेन्द्र पुनमगर, एकु आलेमगर, कृष्णबहादुर पुनमगर, सन्तोष आलेमगरलगायत रहनुभएको छ । यसअघि, महाधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो ।

Advertisment