न्यूयोर्कमा एक नेपाली ७५ बर्षिय आमा बेपत्ता ! परिवारद्वारा नेपाली समुदायलाई सहयोगको आग्रह !

न्यूयोर्क, माघ २३, २०७९ सोमबार

अमेरिकाको न्युयोर्कको क्वीन्स उडसाइडमा ७५ बर्षीय नेपाली लेटाङ मोरङ वडा .०९ की मनमाया मगर हराएकि छिन ४७ स्ट्रीटको ४८५६ उडसाइडमा बस्दै आएकी मनमाया विहान नातिनीलाई सन्नीसाइडमा रहेको चिल्ड्रेन ल्याब स्कुल सन्निसाईडमा छोडेर घर फर्किनेक्रममा हराएकि हुन

धेरैबेर समय हुदा पनि घर नआएपछि आमालाई खोज्दै जादा नभेटेपछि परिवारले खोजीका लागि सघाउन सबै नेपालि समुदाय तथा संघसंस्थाहरूसँग आग्रह गरेका छन। अँग्रेजी बोल्न नआउने उहाँसँग मोबाइल समेत नभएको जनाइएको आज सोमबार विहान बजेर ४० मिनेटमा सन्नीसाइडबाट हराइरहेको बेलुका बजेसम्म पनि फेला नपरेको परिवारले जनाएको

महिना अघि आफ्नो श्रीमानसँग अमेरिका आउनुभएकी उहाँ न्यूयोर्कमा आठ बर्ष देखी बसोवास गर्दै आएका छोरा बुहारीसँगै बस्दै आउनुभएको थियो उक्त क्षेत्रमा वरिपरी खोज्दा फेला नपरेपछि विहान साढे ११ बजेतिर प्रहरीलाई खबर गरिएको बुहारी ज्योती थापा मगरले जानकारी दिनुभयो

तस्विरमा देखिएकै लुगामा हराएको हुदा निलो कुर्ता सुरूवाल, रातो ज्याकेट टाउकोमा सेतो स्कार्फ लगाएकी उहाँलाई कसैले भेटेमा प्रहरीलाई ९११ मा खबर गरिदिन वा छोरा कमल थापा मगरलाई ९२९ ८०१ ०९९२ मा वा बुहारी ज्योति थापा मगरलाई ६४६ ६४३ ८०७५ मा खबर गरिदिनअनुरोध गरिएको

 

 

Advertisment