६० घण्टा पछि न्युयोर्कबाट हराएकी ७५ बर्षकी नेपाली आमा मनमाया अस्पतालमा फेला !

न्यूयोर्क, माघ २५, २०७९ बुधबार

न्युयोर्कको वुडसाईडबाट हराउनुभएकी ७५ बर्षकी नेपाली आमा मनमाया मगर आज आठ बजे न्यूयोर्कको कोने आइल्याण्ड अस्पतालमा फेला पर्नुभएको

मगर संघ अमेरिका सहित विभिन्न संघ तथा समाजहरूको समुह बनाएर खोजी गर्ने क्रममा ६० घण्टा पछि अस्पालमा भेटिनुभएको हो तिनदिनदेखि खोजि गर्न मगरलाई  एल्महस्र्ट, फ्लसिङ, न्युयोर्क प्रेस्बिटेरियन अष्टोरियाको माउन्ट साइनायी अस्पतालमाहरूमा मगर संघ अमेरिका सहित न्युयोर्कको नेपाली समुदायका सदस्यहरु उहाँको खोजीका लागि लागिरहेका थिए ।उहाँको खोजीका लागि प्रहरीले मानिस हराएको सुचनाको पोष्टर जारी गरेको थियो

नातिनीलाई स्कुलमा छाड्न गएपछि उहाँ घर फर्किने क्रममा बेहोस भएर बाटोमा ढल्नुभएपछि केहि मानिसको सहयोगमा ९११ मा कलगरि एम्बुलेन्सले अस्पालमा पुर्याएको मगरकी छोरा कमल थापा मगरले उहाँको खोजीका लागि मगर संघ  सहित विभिन्न संघ तथा समाजहरूले सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद दिदै लाफा खबरलाई जानकारी गराउनु भयो

Advertisment