श्री मित्रता सहकारीका सदस्यलाई बेतले बेकरीमा छुट

पोखरा । बेतले बेकरीले श्री मित्रता सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध गराउने भएको छ । श्री मित्रता बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध सदस्यहरुको सहुलियतलाई मध्यनगर गर्दै सहकारी र बेकरी बीच सहकारीमा आबद्ध सदस्यहरुलाई केक खरिदमा २० प्रतिशत छुट उपलब्ध गराउने सहमति भएको हो । हालै एक कार्यक्रमका बीच बेतले बेकरीका संचालक ईन प्रसाद घर्ती र श्री मित्रता बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जयन्ती मोक्तान बीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा वोल्दै सहकारीका अध्यक्ष जयन्ती मोक्तानले सहकारीमा आवद्ध सदसस्यहरुलाई लक्षित गरी बेतले बेकरी हाउस संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताइन । पछिल्लो समय हरेक शुभ कार्यमा केक काट्ने प्रचलन भएको वताउदै मोक्तानले बेकरी हाउस संगको सहकार्यले सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध हुने वताइन ।त्यस्तै बेतले बेकरी हाउसका संचालक ईन प्रसाद घर्तीले आफ्नो कम्पनीले सहकारी संग सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै सहकारी संगको सहकार्यले आफ्नो उत्पादनलाई बजारीकरण गर्न थप टेवा पुग्ने वताए ।

सहकारीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले केकमा सहुलियत पाउनका लागी सहकारीमा आवद्ध भएको सदस्य कार्डको आवश्यक्ता पर्ने बताउदै सहकारीले ब्यवशायीहरु संग सहकार्य गरेर अगाडि वढ्ने समेत वताए । त्यसैगरी सहकारीमा आवद्ध बाल बचत कर्ताहरुलाई जन्मदिनको उपलक्ष्यमा निशुल्क केक उपलब्ध गराउदै आइरहेको समेत श्रेष्ठले जानकारी दिए ।

Advertisment